Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेदरल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

    नेदरल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 513
    SHARES

    काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेदरल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।

    त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८४ रन बनाएको हो । ​



    नेदरल्यान्ड्सका तर्फबाट माइकल लेभिट्ले ५४ रन बनाए । यस्तै, स्कट इडवार्डले ३३ रन बनाए । नेपालका लागि करण केसी र कुशल मल्लले एक/एक विकेट लिए ।



    मंगलबार पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

    नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतक बनाए । उनी ५४ रनमा आउट भए । स्याब्रान्ड एंगेलब्रेक्ट अर्धशतक पूरा गर्नबाट १ रनले चुके । उनी ४९ रनमा नट आउट रहे ।

    स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा आउट भए । पहिलो रन पूरा गरेरका स्कट एडवार्ड्सले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरके थिए ।

    तर अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार