एजेन्सी । पतञ्जली आयुर्वेदलाई औषधि र उपचार सम्बन्धी विज्ञापन गर्न रोक लगाइएको छ ।
भारतीय सर्वोच्च अदालतले मंगलबार पतञ्जलीका विज्ञापन भ्रामक भएको भन्दै स्वास्थ्य र रोगव्याध सम्बन्धी सबै विज्ञापनमाथि रोक लगाउने आदेश दिएको हो ।
अदालतले पतञ्जलीका हाल भइरहेका विज्ञापनमा रोक लगाउनुका साथै आगामी दिनमा पनि यस्ता विज्ञापन गर्न नपाउने भनेको छ।
त्यस्तै पतञ्जली र कम्पनीका एमडी बालकृष्ण आचार्यलाई यसअघिको आदेश अवहेलना गरेको भन्दै पत्र पनि पठाइएको बतायएको छ ।
Leave a Reply