काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी थानेश्वर गौतमलाई दिएका छन् ।
गृहमन्त्री श्रेष्ठले गौतमलाई प्रशासन महाशाखाको जिम्मा दिएका हुन् । उनले यसअघि नीति, योजना तथा मूल्यांकन शाखाको जिम्मा सम्हाल्दै आएका थिए ।
प्रहरी समायोजनका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको नेतृत्वमा सहजीकरण समिति बनाएको थियो ।
तर, प्रशासन महाशाखा नै सह–सचिवविहीन हुँदा काम अघि बढ्न सकेको थिएन।
Leave a Reply