काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले १२ ओभर सकिदा ५ विकेटको क्षतिमा ११५ रन जोडेको छ।
नेपालका ओपनर कुशल भुर्तेल नामिबियाका रुबेन ट्रम्पलम्यानको एलबिडब्लूको धरापमा पर्दा गोल्डेन डकआउट भए।
अर्का ओपनर आसिफ शेखले ६ रन मात्र जोड्न सके। कप्तान रोहित पौडेलले २४ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४२ रनको योगदान गरे।
कुशल मल्लले २१ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे। यस्तै गुल्सन झा ६ बलमा १२ रन जोडेर आउट भएका छन्।
बलिङमा नामिबियाका ट्रम्पलम्यानले २ विकेट लिइसकेका छन्।
Leave a Reply