काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको नेपालले आफ्नो तेस्रो विकेट पनि गुमाएको छ ।
तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल ४२ रन बनाउँदै आउट भएका हुन्।
पेभेलियन फर्किनुअघि रोहितले केवल २४ बलमा तीन छक्का र तीन चौका पनि हिर्काए ।
उनलाई नामिबियाका बलर ईटनले फ्राइलिंकद्वारा क्याच गराए ।
७.३ ओभरमा उनी आउट हुँदा नेपाली टोलीले ७७ रन बनाएको छ ।
Leave a Reply