काठमाडौं । नामिबियाका जान निकोल लेफ्टी इटनले टी-२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो शतक बनाउने विश्व कीर्तिमान बनाएका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालविरुद्धको पहिलो टी-२० खेलमा ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको कीर्तिमान तोडेका हुन् ।
कुशलले चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए ।
निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गरे। कुशलले ६ चौका र ९ छक्का हानेर शतक पूरा गरेका थिए ।
Leave a Reply