Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • वरिष्ठ संगीतकार भक्तराजलाई श्रद्धाञ्जलि दिन नक्साल पुगे प्रधानमन्त्री प्रचण्ड

    वरिष्ठ संगीतकार भक्तराजलाई श्रद्धाञ्जलि दिन नक्साल पुगे प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 666
    SHARES

    काटमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान पुगेका छन्।

    प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली मंगलबार अपरान्ह त्यहाँ पुगेका हुन् ।



    श्रद्धाञ्जलि दिन यसअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत संगीत क्षेत्रका विभिन्न व्यक्तिहरू प्रतिष्ठान पुगेका थिए ।



    स्व.आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहान ९ बजेदेखि प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ ।

    उनको मंगलवार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार