Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अर्थ र कृषिमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन – किसानहरूको दुधको भुक्तानी तुरुन्तै दिनू

    अर्थ र कृषिमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन – किसानहरूको दुधको भुक्तानी तुरुन्तै दिनू

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 684
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन निर्देशन दिएका छन् ।

    सोमबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।



    प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरून्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।



    ‘किसानहरूले महिनौंसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो ? यसलाई गम्भीरतापूर्वक लिनुस्,’ प्रधानमन्त्रीले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार