Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • संसद् परिसरमा लघुवित्त पीडित प्रवेशबारे सभामुख घिमिरेले लिए गम्भीर चासो

    संसद् परिसरमा लघुवित्त पीडित प्रवेशबारे सभामुख घिमिरेले लिए गम्भीर चासो

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 645
    SHARES

    काठमाडौं । संसद परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा सभामुखले गम्भीर चासो लिएका छन् ।

    सभामुख देवराज घिमिरेले आज साँझ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिएका हुन्।



    उनले सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताए । गृहमन्त्रीले साँझ सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाइएको र छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।



    काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि बानेश्वरस्थित संसद भवन आसपास निषेधित क्षेत्र तोकेको छ।

    त्यसैबीच उनीहरू सुरक्षाकर्मीलाई छलेर संसद भवन परिसरमा पुगेका थिए। त्यहाँ पुगेर उनीहरूले नाराबाजी पनि गरेका थिए । सो घटनाले सिंहदरबारमा हलचल ल्याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार