Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • संसद् भवन परिसरभित्र प्रवेश गरे लघुवित्त पीडितहरू

    संसद् भवन परिसरभित्र प्रवेश गरे लघुवित्त पीडितहरू

    संसद् भवन परिसरबाट १८ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 888
    SHARES

    काठमाडौं । लघुवित्त पीडितहरू नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र प्रवेश गरेका छन्।

    सोमबार उनीहरूले संसद् भवन परिसरमै प्रवेश गरेर आन्दोलन गरेका हुन् ।



    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरू संसद् भवन भित्र जबरजस्ती परिसरमा पुगेर नाराबाजी गरेका थिए ।



    केही दिनदेखि लघुवित्त तथा सहकारी पीडितले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

    संसद् भवन परिसरमा छिरेका कम्तिमा १८ जना लघुवित्त ऋणीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

    सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार