Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • उपभोक्ता संरक्षण विभागका नासु अख्तियारको नियन्त्रणमा

    उपभोक्ता संरक्षण विभागका नासु अख्तियारको नियन्त्रणमा

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 2.4K
    SHARES

    काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतोलाई नियन्त्रणमा लिएको छ।

    महतोले फर्मको दर्ता प्रमाण–पत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना आधारमा आयोग टंगालबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।



    महतोलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस/रिसवत बापतको रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार