Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • एम्बुलेन्स र बस ठोक्किँदा बिरामीसहित चार जना

    एम्बुलेन्स र बस ठोक्किँदा बिरामीसहित चार जना

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 792
    SHARES

    फाइल तस्विर

    नवलपरासी । गैंडाकोटमा एम्बुलेन्स र बस ठोक्किँदा अस्पताल लैजाँदै गरेका बिरामीसहित ४ जना घाइते भएका छन् ।

    महेन्द्रराजमार्गको भृकुटी बर्दिया जादै गरेको बस र एउटा एम्बुलेन्स ठोक्किएको हो ।



    दुर्घटनामा एम्बुलेन्समा डाइलाइसिसका लागि भरतपुर जाँदै गरेका मध्यविन्दु नगरपालिकाका ७५ वर्षीय मानबहादुर कुमालको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



    त्यसैगरी एम्बुलेन्समा सवार भोटबहादुर कुमाल र सोमबहादुर कुमाल तथा स्कुटर चालक किशोर गौतम घाइते भएका छन् ।

    प्रहरीका अनुसार सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार