Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

    नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 567
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ प्रतियोगिताको आइतबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ७३ रनको सामान्य लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन बनाएको हो ।



    त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन जोड्यो।



    नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक ६६ रन बनाए। आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए ।

    दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके भने भीम सार्कीले खाता खोल्न सकेनन्। गुल्सन झाले ५ रन बनाए ।

    आरिफ शेखले २२ र करण केसीले २६ रन जोडे । नेदरल्यान्ड्सका भिभियान किङ्मा र आर्यन दत्तले तीन-तीन विकेट लिए। बास डे लिडेले २ विकेट हात पारे ।

    कुशलले आसिफ शेखसँग पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै गतिलो सुरुवात दिलाएका थिए। तर लगातार विकेट गुमाएर नेपाल ५४-३ को स्थितीमा पुगेको थियो। त्यसपछि कुशल र कप्तान रोहित पौडेलबीच ३३ रनको साझेदारी भयो।

    आउट हुनुअघि कुशलले आरिफ शेखसँग सातौँ विकेटका लागि २८ रनको साझेदारी गरेका थिए। अन्तिम समयमा आरिफ र कुशलबीच नवौँ विकेटका लागि ३६ रनको साझेदारी भएको थियो ।

    विश्वकप लिग-२ को आफ्नो पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध भएको पहिलो खेल नेपालले जितेको थियो। जारी शृखलामा नेपालले नामिबियासँग भने दुवै खेल हारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार