सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै एक जात विशेष र भाषा विशेषमा मात्रै राज्य चलाउन खोज्नु लोकतन्त्र नभएको बताएका छन् ।
सर्लाहीको बागमती नगरपालिकाले आयोजना गरेको शैक्षिक तथा साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘कुनै एक जात विशेष र भाषा विशेषमा मात्रै राज्य चलाउन खोज्नु लोकतन्त्र होइन, त्यो निरङ्कुशतन्त्र हो भन्ने कुरा २५० वर्षले राम्रै प्रमाणित गरिसकेको छ ।’
उनले सबै वर्ग, समुदाय, भाषाभाषी, सँस्कृति, पर्व र परम्परालाई एउटै सुत्रमा बाँधेरमात्रै राष्ट्रिय एकता कायम हुनसक्ने बताए । सबैको अधिकारलाई समानरूपले स्थापित गर्नसक्यो भने देशमा एकता हुनसक्ने उनको भनाई छ ।
Leave a Reply