Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • बालकुमारी घटनाको प्रतिवेदन अध्ययनकै क्रममा छ : प्रधानमन्त्री प्रचण्ड

    बालकुमारी घटनाको प्रतिवेदन अध्ययनकै क्रममा छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 468
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताएका छन्।

    शनिबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाबारे छानबिन आयोगले बुझाएको प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताए।



    अध्ययनपछि त्यसबारेमा निर्णय गरिने बताउँदै प्रधानमन्त्री प्रचण्डले संसदमा प्रतिपक्षी दलले राजनीतिक संस्कार देखाउनुपर्ने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं। यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ।’

    गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

    घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्ने गरी मन्त्रिपरिषदको बैठकले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो।

    आयोगले ४४ दिन छानबिन गरी प्रतिवेदन बुझाएको थियो। आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार