काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्लाही जाँदैछन् ।
बागमती नगरपालिकाले पहिलो पटक आयोजना गरेको बृहत् शैक्षिक तथा साँस्कृतिक महोत्सवमा सम्बोधन गर्न प्रधानमन्त्री सर्लाही जान लागेका हुन् ।
उनले महोत्सवमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री बागमतीस्थित सेनाको क्याम्पमा अवतरण गरेपछि कार्यक्रम स्थलमा पुग्ने तय भएको छ।
Leave a Reply