Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भविष्यमा फेरि जनयुद्ध दिवसमा सार्वजनिक बिदा हुन्छ : प्रधानमन्त्री प्रचण्ड​​

    भविष्यमा फेरि जनयुद्ध दिवसमा सार्वजनिक बिदा हुन्छ : प्रधानमन्त्री प्रचण्ड​​

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 750
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसमा सार्वजनिक बिदा भविष्यमा फेरि कायम हुने बताएका छन् ।

    बलिदानी दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले अहिले सर्वोच्च अदालतले बिदा खारेज गरे पनि भविष्यमा फेरि कायम हुने बताएका हुन् ।



    उनले संक्रमणकालीन कानूनको कुरा टुंगिएपछि भविष्यमा फेरि जनयुद्ध दिवसको बिदा कार्यान्वयन हुने बताए ।



    ‘जनयुद्ध दिवसलाई राज्यको तर्फबाट सम्बोधन गरेको थिएँ, सरकारको क्यालेन्डरमा बिदा समावेश गरेको थिएँ । सर्वोच्च अदालतले शान्ति प्रक्रिया नटुंगिएको भनेको छ, अदालतको कुरालाई कमेन्ट गरेका छौनौं, प्रधानमन्त्री भएकोले मैले गर्न मिलेन’, प्रचण्डले भने ।

    संक्रमणकालीन कुरा टुंगिएपछि फेरि बिदा हुने उनको विश्वास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार