काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा हुलहुज्जत नगर्न आग्रह गरेका छन् ।
शुक्रबार प्रतिनिधि भा बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो बताएका हुन् ।
संसद चल्न नदिने भए राजीनामा दिएर सडकमा जान सांसद सापकोटाले आग्रह गरे।
बालकुमारी घटनालाई प्रधानमन्त्रीले हत्या भनेको र हत्या भए सम्बन्धित मन्त्री र प्रहरीलाई किन कारबाही नगरेको भन्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बिहीबारको बैठकमा प्रश्न गरेका थिए ।
उक्त प्रश्नको जवाफ नआएसम्म सदन चल्न नदिने भनी उनै शाहीले बताएका थिए । १३ पुसको बालकुमारी घटनालाई प्रधानमन्त्री स्वयंमले हत्या भनेको उल्लेख गर्दै उनले हत्या भए सम्बन्धित मन्त्री र प्रहरीलाई कारबाही गर्न माग गरेका थिए ।
त्यसपछि माओवादी सांसद सापकोटाले प्रतिवाद गर्दै संसद चल्न नदिने भए राजीनामा गरेर सडकमा जान भनेका हुन् । विद्रोह गर्ने अधिकार रहेको, तर यही संसदमा बसेर संसद चल्न नदिन नमिल्ने उनले बताए ।
Leave a Reply