काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या देखिए पछि काठमाडौं फिर्ता भएको छ।
नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर काठमाडौंबाट ८ः१४ बजे लुक्लाका लागि उडेको थियो।
तर, उडेको ९ मिनेटमै अर्थात् ८ः२३ मिनेटमै हेलिकोप्टर काठमाडौंमा ल्याण्ड गरेको हो।
हेलिकोप्टरबाट काठमाडौंदेखि लुक्लासम्मको हेलिकोप्टर उडान करिब ४५ मिनेटको हुन्छ ।
हेलिकोप्टर बीच बाटोबाटै फर्किनुमा प्राविधिक गडबडीलाई कारण मानिएको छ । तर कस्तो खालको प्राविधिक समस्या हो भन्ने खुलाइएको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार समस्या देखिएको हेलिकप्टरको प्राविधिक जाँच पनि पुनः लुक्ला उडान भरिसकेको छ।
Leave a Reply