Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • सभापति देउवा भन्छन् – गठबन्धन सरकारलाई सहयोग गर्नु कांग्रेसको दायित्व हो, निरन्तर साथ रहन्छ

    सभापति देउवा भन्छन् – गठबन्धन सरकारलाई सहयोग गर्नु कांग्रेसको दायित्व हो, निरन्तर साथ रहन्छ

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 723
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारलाई सहयोग गर्नु कांग्रेसको दायित्व भएको दाबी गरेका छन् ।

    पार्टीको महासमिति बैठकको समापन गर्दै सभापति देउवाले सो दाबी गरेका हुन् । उनले कांग्रेस गठबन्धन सरकारको प्रमुख घटक रहेको भन्दै त्यो निरन्तर रहने बताए ।



    महासमिति बैठकबाट पार्टीलाई थप अनुशासित, ऊर्जावान र एकताबद्ध बनाएर अघि बढाउने विषयमा प्रेरणा प्राप्त भएको उनको भनाई छ ।



    उनले पार्टीले गौरवशाली इतिहासलाई आधार बनाएर समयसापेक्ष, दुरदर्शी र जिम्मेवारीपूर्ण ढंगले व्यवहार अपनाएकै कारण साढे सात दशक लामो यात्रा तय गरिसकेको भन्दै अबका लागि थप संवेदनशील भएर अघि बढ्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार