Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • राप्रपा सांसद कार्कीले प्रधानमन्त्रीलाई ‘फटाहा’ भनेपछि…

    राप्रपा सांसद कार्कीले प्रधानमन्त्रीलाई ‘फटाहा’ भनेपछि…

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 645
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ब्यङ्ग्य गर्दै गरेको प्रयोग गरेको शब्दप्रति सत्तारुढ दलहरुले आपत्ति जनाएका छन् ।

    राप्रपाकी सांसद कार्कीले प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेकी थिइन् । त्यसपछि कांग्रेसकी सचेतक शुशिला थिङले नियमापत्ति गरेकी हुन् ।



    नियमापत्ति गर्दै थिङले भनिन्, ‘यहि सदनमा सम्माननीय प्रधानमन्त्रीलाई फटाहा शब्द प्रयोग भयो । त्यसकारण यो शब्द अलि अश्लिल भएकोले मैले नियमापत्ति जनाएको छु ।’



    सचेतक थिङले गरेको नियमापत्तिले सिंगो हलको ध्यानाकर्षण भएको बताउँदै सभामुख देवराज घिमिरेले नेकपा समाजवादीका सांसद मेटमणी चौधरीलाई बोल्न समय दिए ।

    कांग्रेसका अर्का सांसद देवप्रसाद तिमिल्सिनाले पनि नियमापत्ति गर्न खोजे तर सभामुखले ध्यानाकर्षण भएको भन्दै उनलाई बोल्न समय दिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार