काठमाडौं । राष्ट्रिय भूमि आयोगले करारमा कर्मचारी माग गरेको छ ।
आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो ।
९७ नापी प्राविधिकहरू करार सेवामा भर्ना गर्न लागिएको आयोगले जनाएको छ ।
न्यूनतम योग्यता पुगेका इच्छुक उमेदवारले १५ दिनभित्र दरखास्त दिनसक्ने छन् ।
आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
Leave a Reply