काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज भारत प्रस्थान गर्दै छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री साउद रायसिना संवादको नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन् ।
उनले शुक्रबार उक्त कार्यक्रमलाई सम्बोधन गर्ने परराष्ट्रले जनाएको छ ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम छ ।
Leave a Reply