Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सट्टेबाजी खेलाएको आरोपमा पक्राउ परेका भारतीय नागरिकमा कोरोना

    सट्टेबाजी खेलाएको आरोपमा पक्राउ परेका भारतीय नागरिकमा कोरोना

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौं। प्रहरी हिरासतभित्र थुनुवा रहँदा एक व्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

    प्रहरी वृत्त कालीमाटीमा रहेको बेला थुनुवामा कोरोना देखिएपछि उनलाई कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले वतायो।



    अवैध रुपमा विद्युतीय उपकरणका साधनहरु मार्फत  अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ परी थुनामा रहेका बेला उनलाई कोरोना देखिएको हो। उनी भारतीय नागरिक हुन ।



    प्रहरीले पक्राउ गरेपछि ती थुनुवाको अदालतबाट म्याद थप्नु अघी कोरोना परीक्षण गराएको थियो। उनी हाजिर जमानीमा छुटिसकेका थिए।

    उनको कोरोना पोजेटिभ देखिएपछि अन्य थुनुवाको पनि परीक्षण गरिएको छ।  जेठको पहिलो साता प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि करिब दुई साता कार्यालय नै सिल गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार