काठमाडौं । नेपाल ‘ए’ ले एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा क्यानडा-११ सँग पहिले फिल्डिङ गर्दैछ ।
मंगलबार मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर नेपाली टिमका कप्तान सन्दीप जोराले फिल्डिङको निर्णय गरेका हुन् । उनले पाहुना टिमलाई ब्याटिङको निम्तो दिए ।
आज नियमित कप्तान विनोद भण्डारी प्लेइङ–११ मा नभएपछि नेपालको नेतृत्व सन्दीपले गर्दै छन् ।
तीन खेलको शृंखलामा नेपाल पहिलो जितको खोजीमा छ । आइतबार मूलपानी मैदानमै भएको खेलमा नेपाल ‘ए’ विरुद्ध क्यानडा–११ ले चार विकेटको जित निकालेको थियो ।
यस्तो छ नेपाल ‘ए’ को प्लेइङ ११ :
सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल (विकेटकिपर), बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल ।
Leave a Reply