Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • आईसीसी विश्वकप लिग–२

    नेदरल्यान्ड्सविरुद्ध नामिबिया १२३ रनमै अलआउट, आर्यन दत्तको घातक बलिङ

    नेदरल्यान्ड्सविरुद्ध नामिबिया १२३ रनमै अलआउट, आर्यन दत्तको घातक बलिङ

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 675
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सले नामिबियालाई १२३ रनमै अलआउट गरेको छ ।

    सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर फिल्डिङमा आएको नामिबियाले ३५.१ ओभरमा सबै विकेट गुमाएर १२३ रनमात्र बनाएपछि नेदरल्यान्ड्सले जितका लागि १२४ रनको लक्ष्य पाएको हो ।



    नेदरल्यान्ड्सको बलिङविरुद्ध संघर्षरत नामिबियाका जेजे स्मिथले सर्वाधिक २६ रन बनाए । रुवेन ट्रम्पेलमेनले २० र जेन ग्रिनले १९ रन थपे । यस्तै, निकोलास डाभिन र कप्तान गेरहार्ड इरास्मसले समान १३ रन बनाउँदा बर्नार्ड स्कोल्जले १२ रन जोडे ।



    नामिबियालाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका आर्यन दत्तले ६ विकेट लिए । काइल क्लेइनले दुई विकेट लिँदा रोइलोफ भान डेर मेर्वे र म्याक्स ओ‘ओडोडले समान एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार