Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बौद्धिक पलायन रोक्नुछ, नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नुछ : प्रधानमन्त्री प्रचण्ड

    बौद्धिक पलायन रोक्नुछ, नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नुछ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 483
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएकाले यो व्यवस्थामा भएका कमजोरीहरुलाई सुधार गरेर जानुको विकल्प नभएको बताएका छन् ।

    प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधान समेत यही व्यवस्थाभित्र मात्रै सम्भव रहने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित संस्थागत विकास, सङ्घीयताको प्रभावकारी कार्यान्वयन, राज्य सञ्चालन प्रक्रियामा नागरिकको सक्रिय सहभागिताबाट मात्र जनअधिकार र जनजीविकाको सुदृढीकरण एवं समाजवादको आधार तयार हुन सक्छ।’



    यस्तै उनले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान गरेका छन् । उनले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन अपील गरे ।

    प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए।

    ‘परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुछ,’उनले भने, ‘रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नुछ। युवाहरूमा आशाको रक्तसञ्चार भर्नु छ। नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नुछ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार