Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोना महामारी: भरतपुर अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द

    कोरोना महामारी: भरतपुर अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 3.4K
    SHARES

    चितवन । चितवनमा पछिल्लो समय कोरोना भाइरस (कोभिड -१९ )को संक्रमण स्वास्थ्यकर्मीमा एकाएक फैलिएको छ। स्वास्थ्यकर्मीहरुमा संक्रमण फैलन थालेपछि भरतपुर अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ।

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टलगायत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा हालका लागि बन्द गरिएको हो ।



    अस्पताल प्रशासनले आइतबार विज्ञप्ति जारी गर्दै साँझ अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवाहरू बन्द गरिएको जनाएको छ अस्पतालले जनरल ओपीडी सेवा बन्द गरी एकीकृत आकस्मिक सेवा मार्फत बिरामीको उपचार गरिने जनाएको छ ।



    यस्तै सघन कक्ष (आइसीयू) र प्रसूति गृह (मातृ शिशु सेवा)c मा पनि नयाँ सेवा बन्द गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार