Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू

    टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 600
    SHARES

    काठमाडौं । सरकारले टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु गरेको छ ।

    आइतबार सूचना तथा प्रसारण विभागले पत्रकार सम्मेलनमार्फत फागुन २ गतेबाटै आलाकार्ट मूल्य प्रणाली लागु गरिएको जनाएको हो ।



    सरकारले लागु गरेको आलाकार्ट मूल्य प्रणाली सेवाप्रदायकहरूले पूर्णरूपमा कार्यान्वयन नगरे कारबाही गर्ने विभागको चेतावनी छ ।



    सरकारले टेलिभिजन हेर्ने ग्राहकलाई चाहेको टेलिभिजन च्यानलमात्रै हेर्न पाइने सुविधा दिने गरी आलाकार्ट मूल्य प्रणाली ल्याएको हो ।

    विभागले टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु भएसँगै उपभोक्ताले सेवा प्रदायकसँग सम्पर्क गरी आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने र त्यही अनुसारको शुल्क मात्र भुक्तानी गर्नुपर्ने बताएको छ ।

    पत्रकार सम्मेलनमा विभागका महानिर्देशक शंकर नेपालले टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु गर्दा वा यो भन्दा पहिला आलाकार्ट मूल्य प्रणाली लागु नहुँदा पनि इन्टरनेट र च्यानलको मूल्यलाई बन्डलिङ गरेर लैजान नपाइने सन्देश दिन खोजिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार