Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • माओवादी नेता पुरीलाई ४ करोड जरिवाना

    माओवादी नेता पुरीलाई ४ करोड जरिवाना

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 699
    SHARES

    काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’लाई ४ करोड ३ लाख ३४ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

    विशेष अदालतले उनलाई यसअघि नै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो । पुरी र उनकी श्रीमती सीमा भनिने केशावती पुरीलाई आज ४ करोड ३ लाख ३४ हजार ८९४ रुपैयाँ जरिवाना सुनाइएको हो ।



    त्यसैगरी अभियोगपत्रमा जफत गर्न भनी दाबी गरिएका सम्पत्तिबाट बिगो बराबरका सम्पत्ति जफत हुने फैसलामा उल्लेख गरिएको छ ।



    झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार