रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा जारी रहेको कर्फ्यूको दायरा बढाएको छ । ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन बिषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनको अनिश्चितकालीन कर्फ्यु आदेश जारी छ ।
जारी अवधिमै उच्च श्रृंखल गतिबिधि हुँदा प्रशासनले कर्फ्यूको दायरा बढाएको हो ।
सरस्वतीको मुदूर्ति सेलाउन लैजाने समूहमाथि शनिबार घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका मानिस घाइते भएका थिए ।
झडपमा मुस्लिमतर्फ पनि घाइते भएको तर घाइतेको संख्या यकीन हुन नसकेको प्रहरीले बताएको थियो । घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआईजी दीपेन्द्र साह समेत घटनास्थल पुगेका थिए ।
स्थिति नियन्तरणमा लिन सिडियो हिरालाल रेग्मीले एक सूचना जारी गर्दै शनिवार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए । कर्फ्यू अवधिमै उच्चश्रृंखला गतिबिधि भएपछि स्थानीय प्रशासनले कर्फ्यू क्षेत्र फराकिलो बनाएको छ ।
कर्फ्यू जारी संगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७०० जनशक्ति परिचालन गरिएको छ ।
Leave a Reply