Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – एमालेको मध्यपहाडी लोकमार्ग संकल्प यात्रामा मेरो पनि स्वामित्व छ

    प्रधानमन्त्री प्रचण्डले भने – एमालेको मध्यपहाडी लोकमार्ग संकल्प यात्रामा मेरो पनि स्वामित्व छ

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 711
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले गरेको मध्यपहाडी लोकमार्गमा संकल्प यात्रामा आफ्नो पनि स्वामित्व भएको बताएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा रेखांकन भएको लोकमार्गमा एमालेले संकल्प यात्रा गर्नाले स्वामित्व स्थापित हुने उल्लेख गरे ।



    एमाले सांसद कृष्णगोपाल श्रेष्ठले संकल्प यात्रापश्चात आफूहरूले बुझाएको ७७२ बुँदे सुझावको कार्यान्वयन कसरी भइरहेको छ भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू यो विषयमा गहन भएको जानकारी दिए ।



    “प्रतिवेदन बुझ्दै मैले मेरो पनि केही न केही स्वामित्व छ भनेको थिए । यातायात सन्जाललाई जोडेर आर्थिक सामाजिक सांस्कृतिक सन्तुलित विकास गर्ने मध्यपहाडी लोकमार्ग निर्माण गर्नुपर्छ भनेर मेरो पहिलो कार्यकालमा रेखांकन प्रस्ताव पारित गरिएको थियो,’ उनले भने, ‘त्यहाँ नेकपा एमाले नेतृत्वको यात्रा कही न कही म छु भन्ने हो ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार