Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • बालकुमारी घटनाको प्रतिवेदन बुझ्दैछु, अध्ययन गरेपछि आवश्यक कारबाही हुन्छ : प्रधानमन्त्री

    बालकुमारी घटनाको प्रतिवेदन बुझ्दैछु, अध्ययन गरेपछि आवश्यक कारबाही हुन्छ : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 555
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाबारे जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन बुझेपछि आवश्यक कारबाही गर्ने बताएका छन् ।

    आइतबार बालकुमारी घटनाबारे प्रतिनिधि सभामा उठेका प्रश्‍नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले आयोगले बुझाएको प्रतिवेदन आफूले अध्ययन गर्ने बताए ।



    शुक्रबार बालकुमारी घटना जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको थियो। उक्त प्रतिवेदन मन्त्री श्रेष्ठले आइतबार बस्ने मन्त्रिपरिषदको बैठकमा पेश गर्ने र त्यहाँ उक्त प्रतिवेदन आफूले बुझ्ने बताए।



    ‘छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ। गृह मन्त्रालयमा समितिले प्रतिवेदन बुझाएको छ। र आज मैले बुझ्दैछु। प्रधानमन्त्रीको हैसियतले अहिलेसम्‍म मैले हेरेको छैन। मैले बुझ्दैछु। आजै क्याबिनेट छ,’ उनले भने, ‘सरकारले बनाएको छानबिन समितिले ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ। यो विश्वास म दिलाउन चाहान्छु।’

    आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले, प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए ।

    शुक्रबार पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गर्दै गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।

    ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको थियो ।

    गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार