Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • एमाले र रास्वपापछि राप्रपाले पनि माग्यो भौतिकमन्त्री ज्वालाको राजीनामा

    एमाले र रास्वपापछि राप्रपाले पनि माग्यो भौतिकमन्त्री ज्वालाको राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 657
    SHARES

    काठमाडौं । राप्रपाले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई मन्त्रीबाट हटाउन माग गरेको छ ।

    आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राप्रपा सांसद दीपक सिंहले छानबिन समितिले दोषी ठहर गरेका मन्त्री ज्वालालाई हटाउन माग गरेका हुन् ।



    ‘छानबिन समितिले दोषी ठहर गरेको छ । मन्त्री ज्वालालाई हटाउन राप्रपा माग गर्दछ,’ उनले भने । यसअघि एमाले र रास्वपाले पनि मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका थिए । शुक्रबार पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गर्दै गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।



    ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको थियो ।

    गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार