Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • मन्त्री ज्वालालाई निलम्बन गर्न संसदमा आवाज उठ्यो

    मन्त्री ज्वालालाई निलम्बन गर्न संसदमा आवाज उठ्यो

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 633
    SHARES

    काठमाडौं । बालकुमारी घटनामा दोषी देखिएका भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तुरुन्तै पदबाट निलम्बन गर्न संसदमा आवाज उठेको छ ।

    आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई पदबाट हटाउन माग गरेका हुन् । संसद् सुरु हुनासाथ एमाले सांसदहरूले उठेर विरोध गरेपछि सभामुख घिमिरेले बर्तौलालाई बोल्ने समय दिएका थिए ।



    बैठकमा बर्तौलाले भने, ‘अविलम्ब त्यस घटनासँग जोडिएका मन्त्री र गृह प्रशासन पनि यस घटनासँग जोडिने सम्भावना छ। त्यो घटनासँग जोडिएका मन्त्रीलाई अविलम्ब पदबाट हटाइयोस् ।’



    उनले सरकारले बनाएको आयोगले दोषी ठानेका मन्त्रीहरूलाई जिम्मेवारीमा राखेर विधिको शासन सुशासन अघि बढाउन सक्छौ भनेर सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

    शुक्रबार पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गर्दै गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।

    ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको थियो ।

    गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार