Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • आईसीसी विश्वकप लिग– २

    नेपाललाई तेस्रो सफलता, ललितले लिए विकेट

    नेपाललाई तेस्रो सफलता, ललितले लिए विकेट

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 648
    SHARES

    काठमाडौँ । आईसीसी विश्वकप लिग– २ को त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्डविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

    नेपालका ललितनारायण राजवंशीले तेस्रो विकेट लिएका हुन् । उनले  ३४ बलमा २३ रन बनाएर खेलिरहेका नेदरल्यान्ड्सका ब्याटर स्याब्रान्ड इंगेलब्रेचलाई आउट गरे ।



    यसअघि दोस्रो विकेट रन आउटमा गुमेको थियो भने पहिलो विकेट सोमपाल कामीले लिएका थिए ।



    कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेदरल्यान्डसले ब्याटिङ गरिरहेको छ ।

    पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । लिग– २ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार