Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पर्सामा सेना परिचालन, अनिश्चितकालिन निषेधाज्ञा जारी

    पर्सामा सेना परिचालन, अनिश्चितकालिन निषेधाज्ञा जारी

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 4K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । पर्सामा जारी गरिएकाे निषेधाज्ञालाई प्रभावकारी बनाउने स्थानीय प्रशासनले नेपाली सेना परिचालन गरेकाे छ । वीरगञ्जमा साउन १० गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

    जिल्ला सुरक्षा समितिकाे शनिबार बसेकाे निर्णय अनुसार जारी निषेधाज्ञालाई थप कडाइ गर्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । कोरोना भाइरसको संक्रमण ग्रामीण इलाकामा पनि देखिन थालेपछि साउन १९ गतेबाट जिल्लाभर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको थियो ।



    कोरोना भाइरस संक्रमणको चेनलाई ब्रेक गर्न निषेधाज्ञा जारी गरिए पनि मानिसको आवागमन नियन्त्रण नभएको र संक्रमण पनि बढ्दै गएकाले सेना परिचालन गर्ने अवस्था आएको बताइएको छ । प्रहरी र सेनाको संयुक्त गस्तीले निषेधाज्ञालाई प्रभावकारी बनाउने प्रशासनको विश्वास छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार