Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो बालकुमारी घटनाको प्रतिवेदन

    जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो बालकुमारी घटनाको प्रतिवेदन

    'प्रतिवेदनको निष्कर्ष कार्यान्वयन हुन्छ'

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 711
    SHARES

    काठमाडौं । बालकुमारी घटना जाँचबुझ आयोगले घटनाबारे जाँचबुझ प्रतिवेदन बुझाएको छ । शुक्रवार आयोगका अध्यक्ष पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ४४ दिनपछि प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

    प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले जाँचबुझ गरी मिहनेतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्वयन गरिने बताए।



    गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो।



    घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्ने गरी मन्त्रिपरिषदको बैठकले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो।

    आयोगका अध्यक्ष पौडेलले जारी गरेको विज्ञप्तिका अनुसार आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिससहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवं अन्यसमेत गरी २९ जनाको बयान गरेको जनाइएको छ।

    इपिएस कोरिया शाखा बालकुमारी, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल २१ नम्बर गण दक्षिणकाली ललितपुर र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरबाट प्रतिवेदनहरू लिइएको छ ।

    उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भटाराई सदस्य रहेको आयोगले पुस २० देखि काम सुरू गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार