काठमाडाैँ । प्रदेश १ मा ९ जना पत्रकारसहित १२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
रिपोर्टिङ गर्दै आएका ९ जना पत्रकार र सञ्चारमाध्यममा काम गर्ने ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिए ।
उनका अनुसार आइतबार थप १ पत्रकारमा पुष्टि भएसँगै संक्रमित पत्रकार तथा सञ्चारकर्मीको संख्या १२ पुगेको हो ।
उनका अनुसार संक्रमित अधिकांश सञ्चारकर्मी प्रदेश राजधानी विराटनगरका हुन् । संक्रमितमध्ये उदयपुरका १ पत्रकार कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
Leave a Reply