Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सत्तारूढ नेकपाले बोलायो सचिवालय बैठक

    सत्तारूढ नेकपाले बोलायो सचिवालय बैठक

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केही महिनादेखि वरिष्ठ नेताहरूबीच वादविवाद चलिरहेकाे छ। साेही विवाद सुल्झ्याउन नेकपाले भोलि सोमबार सचिवालय बैठक बोलाएको छ ।

    अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवादमा समाधान खोज्न कार्यदल गठन गरेपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले विधि पद्धतिको मुद्दा उठाएका थिए।



    नेतात्रयले शनिबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी सचिवालयको बैठक राखेर कार्यदल गठन गर्नु उपयुक्त हुने धारणा राखेका थिए । स्रोतका अनुसार त्यसअनुसार नै सोमबार विहान साढे ९ बजे सचिवालय बैठक बोलाइएको हो । बैठकले कार्यदललाई औपचारिकता दिने सम्भावना छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार