Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • पाकिस्तानमा ६ दलीय गठबन्धनको सरकार बन्दै, नवाजका भाइ प्रधानमन्त्री र छोरी मुख्यमन्त्रीको उम्मेदवार

    पाकिस्तानमा ६ दलीय गठबन्धनको सरकार बन्दै, नवाजका भाइ प्रधानमन्त्री र छोरी मुख्यमन्त्रीको उम्मेदवार

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 906
    SHARES

    छोरी मरियम र भाइ शहबाजको बीचमा नवाज शरीफ

    काठमाडौं । नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेका छन् । शहबाज शरीफ पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन् । उनी सन् २०२२ देखि २०२३ को बीचसम्म प्रधानमन्त्री बनेका थिए ।

    पाकिस्तानको तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले ६ दलीय गठबन्धनबाट सरकार बनाउने तयारी गरेको छ ।



    त्यसै क्रममा शरीफले आफ्नो भाइ शहबाजलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको पीएमएल–एनका प्रवक्ता मरियम औरंगजेबले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् ।



    पाकिस्तानको निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत नपाएकाले गठबन्धन सरकार बन्ने छ । त्यसका लागि ६ दल सम्मिलित पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको गठबन्धन बनाइएको छ ।

    पीएमएल–एन नेतृत्वको गठबन्धनमा बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपल्स पार्टी (पीपीपी), पाकिस्तान मुस्लिम लिग(क्यू–पीएमएल–क्यू), मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम), इश्तेखाम–ए–पाकिस्तान पार्टी (आईपीपी) र बुलचिस्तान अवामी (बीएएम) पार्टी संलग्न छन् ।

    ती पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरेर गठबन्धन बनाइएको घोषणा गरेका थिए । उनीहरुले चुनावमा एकअर्काविरुद्ध लडे पनि अब मिलेर आर्थिक संकटलाई पार लगाउने बताएका थिए ।

    पीएमएल–एनका प्रवक्ता मरियम औरंगजेबले सामाजिक सन्जाल एक्समा गठबन्धनमा सामेल सबै दलप्रति आभार व्यक्त गर्दै अब महँगी र आर्थिक संकटबाट राहत दिलाउने उल्लेख गरेका छन् ।

    २४ करोड बढी जनसंख्या रहेको पाकिस्तानलाई आर्थिक संकट र महँगीबाट राहत दिलाउने प्रमुख चुनौती नयाँ सरकारसामु छ ।

    चुनाव अगाडिसम्म नवाज शरीफलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको थियो । बीबीसीका अनुसार शहबाज शरीफको चाहना पनि दाजु नवाज शरीफ चौथो पटक प्रधानमन्त्री होउन् भन्ने थियो । तर नवाज शरीफले आफू प्रधानमन्त्री नबन्ने भन्दै भाइलाई अघि सारे । जिओ न्युजसँगको कुराकानीमा नवाज शरीफकी छोरी मरियमले नवाजले अब पार्टीलाई सुझाव दिँदै सहयोग गर्ने बताएकी छन् ।

    शहबाज शरीफ नाताको हिसाबले नवाज शरीफका कान्छो भाइ हुन् । उनी २०७८ चैत अन्तिम साता पाकिस्तानको २३ औं प्रधानमन्त्री बनेका थिए । पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका अध्यक्ष इमरान खानविरुद्धको प्रस्ताव संसदबाट पास भएपछि संसदले शरीफलाई नयाँ प्रधानमन्त्री चयन गरेको थियो ।

    शहबाजले यसअघि पञ्जाब प्रान्तको मुख्यमन्त्री भएर काम गरिसकेका छन् । पाकिस्तानका व्यवसायीसमेत रहेका उनको स्टिल कम्पनी छ ।

    गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री शहबाज शरीफ तथा उनका दुई छोराहरुविरुद्ध सन् २०२० मा संघीय जाँच एजेन्सी (एफआईए) मुद्दा दायर गरेको थियो ।

    शहबाज र उनका छोराहरुविरुद्ध १६ अर्ब पाकिस्तानी रुपैयाँ अकुत रुपमा कमाएको आरोप थियो । जमानतको याचिका अदालतले खारेज गरिदिएपछि उनीहरु पक्राउ परेका थिए । उनीहरुलाई सात महिनासम्म लाहोरको सेन्ट्रल जेलमा राखिएको थियो । सन् २०२१ अप्रिलमा उनलाई लाहोर उच्च अदालतले जमानतमा रिहा गरेको थियो भने विशेष अदालतले उनीहरुलाई सफाइ दिएको थियो । एजेन्सीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार