काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विरोधीहरुले आफूलाई कालोमोसो दल्लान् भनेर एक जोर लुगा साथमा बोकेर हिँड्ने गरेको टिप्पणी गरेका छन् ।
प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको प्रथम स्थापना दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
आफू सर्वहारा वर्ग र भूईंमान्छेको आवाज भएको बताउँदै उनले धनी मान्छेको नभएको जिकिर गरे ।
‘मैले पीडितका लागि आवाज उठाउँदा युवा संघले कालोमोसो दल्यो । दलि हाल्यो । अहिले त एक जोर लुगा झोलामा बोकेर हिँड्छु । दल्यो भने खातखुत धोइहाल्यो, अर्को लुगा लगायो हिँडिहाल्यो । कुरा बुझ्नुभएन ? यहाँ कोही युवा संघले कालोमोसो ल्याएको भए दलिहाले हुन्छ । जति दल्छौ दल । तिमीहरुको नेताजस्तो भ्रष्टाचार मैले गरेको छैन,’ उनले भने ।
Leave a Reply