Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • अवैध रुपमा दिराम र लाखौं साउदी रियाल दुबई लैजान खोज्ने १९ वर्षिय युवती पक्राउ

    अवैध रुपमा दिराम र लाखौं साउदी रियाल दुबई लैजान खोज्ने १९ वर्षिय युवती पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 807
    SHARES

    काठमाडौं । अवैध रुपमा यूएई र साउदीको मुद्रा लिएर दुईब जान लागेकी एक युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् ।

    १० हजार यूएई दिराम र १ लाख ४९ हजार साउदी रियाल बोकेर दुबई उड्ने तयारीमा रहेकी जुगल गाउँपालिका–२, सिन्धुपाल्चोककी १९ वर्षीया सुस्मिता गोले पक्राउ परेकी हुन् ।



    फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेकी उनी सोमबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।



    विमानस्थल प्रहरीका अनुसार होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा गोले पक्राउ परेकी हुन् ।

    बरामद रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार