Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । कास्कीको श्रीराम प्राथमिक विद्यालयकी शिक्षिका विन्दु गौतम शर्माविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    प्राथमिक तहको स्थायी नियुक्तिका लागि शर्माले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेषमा मुद्दा दायर गरेको हो ।



    पोखरा महानगरपालिका ८ मा सञ्चालित विद्यालयकी शिक्षिका शर्माको शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली भएकोले छानबिनको आग्रह गर्दै आयोगमा उजुरी परेको थियो ।



    सोही उजुरीका आधारमा अनुसन्धान गर्दा शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यूपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरू पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त लिएको पुष्टि भएको

    आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार