काठमाडौँ । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज आयोजना गर्ने कार्यक्रममा सुरक्ष व्यवस्था कडा पारिएको छ ।
भृकुटीमण्डपस्थित कार्यक्रम स्थलको सुरक्षामा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो ।
उपत्यका प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँका अपरेशन कमाण्डर (डीएसपी) पवन भट्टराईको नेतृत्वमा कार्यक्रम स्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ । कार्यक्रमका लागी २ हजार भन्दाबढी प्रहरी परिचालन गरिएको बताइएको छ ।
महाअभियानको ‘वार्षिक उत्सव’ कार्यक्रम भृकुटीमण्डपमा आयोजना गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ । प्रसाईँ समूहले काठमाडौँको कीर्तिपुर, स्वयम्भू, वनस्थली, चाबहिल, भक्तपुर र ललितपुरको भुलुबाट जुलुस निकाल्दै छन् ।
कार्यक्रम स्थलमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । यस्तै प्रसाईको सो कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका साथसाथै राप्रपाको संस्थागत सहभागिता नहुने भएको छ ।
Leave a Reply