Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • युवा व्यवसायी बन्जाराद्धारा अशक्त र विपन्न नागरिकलाई ‘ह्वील चियर’ हस्तान्तरण

    युवा व्यवसायी बन्जाराद्धारा अशक्त र विपन्न नागरिकलाई ‘ह्वील चियर’ हस्तान्तरण

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 3.7K
    SHARES

    काठमाडौं । युवा व्यवसायी आकाश बन्जाराले चितवनको कालिका नगरपालिकाका अशक्त र विपन्न नागरिकलाई ह्वील चियर हस्तान्तरण गरेका छन् ।

    ह्यान्डिक्राफ्ट व्यवसायीको रूपमा परिचय बनाउन सफल तथा नेचुरल साउण्ड हेलिङ अन्तर्राष्ट्रिय विद्यालयका सञ्चालक बन्जाराले कालिका नगरपालिकाका अशक्त र विपन्न नागरिकलाई ह्वील चियर हस्तान्तरण गरेका हुन् ।



    उनले सहयोग गरेका ह्वील चियर सोमबार वडा कार्यालयको रोहबरमा वितरण गरिएको छ । पहिलो दिन ६ जनालाई ह्वील चियर वितरण गरिएको छ भने अझै वितरण गर्न बाँकी छन् । व्यवसायी बन्जाराले कालिका नगरपालिकाका वडा नम्बर ६ का अशक्त र विपन्न नागरिकका लागि ३५ वटा ह्वील चियर पठाइसकेका छन् । ती पनि वितरण गर्दै जाने बताइएको छ ।



    आर्थिक अवस्था कमजोर र अशक्त नागरिकका लागि उनले ह्वील चियर सहयोग गरेका हुन् । व्यवसायी बन्जाराले ह्वील चियर पठाएपछि अशक्तका व्यक्तहरू खुसी भएका छन् । यति मात्रै नभएर उनले काठमाडौं र अन्य ठाउँमा पनि ह्वील चियर सहयोग गरेका छन् ।

    पछिल्लो समय हङकङलाई कर्मथलो बनाएका आकाश नेपालीको दुःखमा साथ दिइरहेका छन् । आकाश नेपाली हस्तकलालाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गरिरहेका छन् । उनले भियतनाम, चीन, हङकङ र ताइवानमा नेपाली हस्तकलालाई पठाइरहेका छन् ।

    यति मात्रै नभएर उनले नेपाली कला संस्कृतिलाई समेत विदेशमा चिनाइरहेका छन् । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) हङकङका पूर्व अध्यक्ष समेत रहेका आकाश युवाहरूलाई उद्यमशीलता विकासमा लाग्न प्रेरित गरिरहेका छन् ।

    हङकङमा रहेका युवा उद्यमीहरूलाई एकीकृत गरेर आकाशले सामुहिकरुपमा उद्यमशीलता विकासमा काम गर्ने र लगानीसमेत बढाएका छन् । उनी व्यवसायमा मात्रै नभएर समाजसेवामा पनि अग्रस्थानमा छन् । उनले कपिलवस्तुकी ९ वर्षीया संजिता पोख्रेलसहित तीनजना विपन्न परिवारका विद्यार्थीलाई १२ कक्षासम्म पढाउने प्रतिबद्धतासमेत व्यक्त गरिसकेका छन् ।

    उनी हङकङका सफल ह्यान्डिक्राफ्ट व्यवसायी बन्जारा कालिका दैनिकका निर्देशक, चेपाङ संरक्षण केन्द्रका सल्लाहकार, अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ (फिने) हङकङका पूर्व अध्यक्ष, ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार