Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • निधिको दाबीले झस्किए देउवा

    निधिको दाबीले झस्किए देउवा

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ । कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्न तयारी थालेका छन् । यसले संस्थापन पक्षभित्र हलचल मात्रै मच्चाएको छैन, सभापति शेरबहादुर देउवालाई समेत अप्ठ्यारोमा पारेको छ ।

    भित्रभित्रै तयारी गरिरहेका निधिले गत बिहीबार सभापति देउवासँग चौधौं महाधिवेशनमा आफूलाई सहयोग गर्न प्रस्ताव गरेका हुन् । १३ औं महाधिवेशनमा दिएको बचन स्मरण गराउँदै निधिले बूढानीलकण्ठस्थित निवासमा देउवालाई संस्थापन पक्षबाट सभापतिको उम्मेदवारमा आफूलाई अघि बढाउन प्रस्ताव राख्दा उनले भने आफैं उठ्ने जवाफ दिएका थिए । देउवानिकट स्रोतका अनुसार निधिले ‘आगामी महाधिवेशनमा तपाईंकै क्यान्डिडेट हुन चाहन्छु, तपाईंको साथ र सहयोग मलाई चाहियो’ भनेर प्रस्ताव गरेका थिए । देउवाले विधानमा दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाउने व्यवस्था सम्झाउँदै १५ औं महाधिवेशनमा सघाउने बचन दिएका थिए । उनले यस्तै बचन १३ औं महाधिवेशनका बेला पनि दिएका थिए । त्यसलाई कार्यान्वयन गर्नुपर्ने निधिको दलिल छ ।



    ‘अर्कोपटक म हुन पाउन्न, तपाईंबाहेक मेरो अर्को यो उचाइको नेता पनि छैन, यसबीचमा तपाईंले मधेसमा मात्रै नभएर पहाड र हिमालमा समेत आफ्नो प्रभाव बढाउनुहोस्, अर्कोपटक तपाईंलाई नै सघाउने हो,’ देउवाको भनाइ उद्धृत गर्दै बूढानीलकण्ठस्थित स्रोतले भन्यो, ‘तर निधिजीले उमेरको फ्याक्टर र आफूपछि आक्रामक ढंगले अघि बढेको पुस्ताको कारण देखाउँदै यसैपटक उम्मेदवार बन्ने चाहना राखेर जानुभयो ।’ कान्तिपुर दैनिकबाट



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार