Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी बैठकमा प्रचण्डले भने – सरकारी जग्गा हडप्नेविरुद्धको अभियान रोकिँदैन

    माओवादी बैठकमा प्रचण्डले भने – सरकारी जग्गा हडप्नेविरुद्धको अभियान रोकिँदैन

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 516
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी जग्गा हडप्नेविरुद्धको अभियान नरोकिने बताएका छन् ।

    काठमाडौंमा जारी माओवादी केन्द्रीय समितिको बैठकको दोस्रो दिन सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भूमाफियाविरुद्ध सरकारले शुरू गरेको अभियान नरोकिने स्पष्ट पारे ।



    ‘बालुवाटारको ललिता निवास काण्डदेखि शुरू भएको भूमाफिया विरुद्धको अभियान अहिले पनि चलिरहेको छ । सरकारले सुशासनको अभियान दृढतापूर्वक अगाडि बढाउँछ, चाहे भूमाफिया हुन् कि सुन तस्कर,’ उनले भने ।



    सरकारले जनताको मन जित्नेगरी सरकारका नीति तथा कार्यक्रम र बजेटको गृहकार्य गरिरहेको पनि उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार