काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले तेस्रो ओभरमै पहिलो विकेट लिएको हो ।
नेपालका हेमन्त धामीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमै विकेट लिए । उनले खेलको तेस्रो ओभरमा आरोन जोनसनलाई ४ रनमा देव खनालबाट क्याच गराए ।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको क्यानडाले ५.२ ओभरमा एक विकेट गुमाएर १९ रन जोडेको छ । यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितेको छ ।
Leave a Reply