Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • धोनीपछि सुरेश रैनाले पनि लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

    धोनीपछि सुरेश रैनाले पनि लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 2.6K
    SHARES

    एजेन्सी । भारतीय क्रिकेटस्टार महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले आज सन्यासको घोषणा गरेका हुन् ।

    भारतलाई विश्वकप जिताउँदा कप्तान समेत रहिसकेका ध्वनीले ३९ वर्षको उमेरमा सन्यासको घोषणा गरेका हुन् । उनले इन्स्टाग्राम एकाउन्टमा सन्यासबारे जानकारी दिएका हुन् । धोनीको कप्तानीमा भारतले सन् २००७ को ट्वेन्टी ट्वेन्टी विश्वकप, २०१० र २०१६ को एशिया कप, २०११ को विश्वकप र २०१३ को आइसीसी च्याम्पियन्स ट्रफी जितेको थियो । उनको नाममा विभिन्न किर्तिमान समेत छ ।



    ध्वनीले युएईमा आयोजना हुन गइरहेको आइपिएल क्रिकेटमा भने सहभागिता जनाउनेछन् ।  धोनी पछि सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा  गरेका छन्।



    भारतीय क्रिकेट टीमका ब्याट्सम्यान सुरेश रैनाले सोशल मिडिया मार्फत सेवानिवृत्त हुने घोषणा गरेका हुन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार